images
images

साताको पहिलो दिन ५० अंकले घट्यो नेप्से, कारोबार रकम १० अर्ब ३३ करोड


  • 316
    SHARES
  • २०८१ भाद्र ३० गते आइतबार

    साताको पहिलो दिन ५० अंकले घट्यो नेप्से, कारोबार रकम १० अर्ब ३३ करोड

    काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार घटेर बन्द भएको छ ।अघिल्लो साताको बुधबारदेखि घटिरहेको बजार, गत साताको अन्तिम कारोबार दिन ७८.३१ अंक बढेर बन्द भएको थियो। तर यस दिन नेप्सेले सो वृद्धिलाई निरन्तरता भने दिन सकेन।

    आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५०.७३ अंकले घटेर २ हजार ६ सय ३७ दशमलव ७९ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय २४ स्क्रिपको १० अर्ब ३३ करोड रुपैयाँ बराबरको २ करोड ४८ लाख कित्ता शेयर किनबेच भएको छ । 

    आइतबार नेप्से घटेपनि कारोबार रकम भने बढेको छ । गत साताको विहीबार ८ अर्ब १६ करोड बराबरको शेयर कारोबार भएको थियो । आज कारोबारमा आएका २४ कम्पनीको शेयर मूल्य बढेको छ । २ सय १९ कम्पनीको शेयर मुल्य घटेको छ भने १ कम्पनीको शेयर मूल्य स्थिर छ । 

    यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधकि ३.६३ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन वित्त उपसमूहको परिसूचक साढे ३ प्रतिशत घटेको छ भने विकास बैंक, लगानी, जीवन बीमा, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने जलविद्युत, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

    आज सबैभन्दा धेरै सीएचडीसीको कारोबार भएको छ । आज यस कम्पनकिो ६४ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको ३५ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको २८ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज ३ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा रिभर फल्स पावर, हिमालयन हाइड्रोपावर र रावा इनर्जी डेभलपमेन्ट रहेका छन् । त्यस्तै, इस्र्टन हाइड्रोपावरको शेयर मुल्य ९.९९ प्रतिशतले बढेको छ ।  त्यस्तै, यस दिन तेह्रथुम पावर कम्पनीको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ भने बलेफि हाइड्रोपावरको शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ।


    images
    images

    Logo