काठमाडौं । यो साता सेयर बजारको परिसूचक नेप्से ३८.८३ अंक घटेर २ हजार ६ सय ८८ दशमलव ५३ विन्दुमा बन्द भएको छ। यस साता ५ कारोबार दिनमध्ये ४ कारोबार दिन नेप्से घटेको थियो भने १ कारोबार दिन मात्र बढेको थियो। यस साताको अन्तिम कारोबार दिन नेप्से ७८ अंक बढेर बन्द भएको थियो।
यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि करिब साढे १ प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन ४३ खर्ब ३६ अर्ब रुपैयाँ रहेको कुल बजार पूँजीकरण, यस साता ६१ अर्ब घटेर ४२ खर्ब ७४ अर्बमा सीमित भएको छ।
१३ उपसमूहमध्ये यस साता लगानी उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। यस साता लगानी उपसमूहको परिसूचक १.०४ प्रतिशत बढेको हो। कारोबारमा आएको जीवन बीमा उपसमूहको परिसूचक यस साता सर्वाधिक ३.१४ प्रतिशत घटेको छ।
साताको पहिलो दिन आइतबार २५.४६ अंकले घटेर २ हजार ७ सय १ दशमलव ९० विन्दुमा पुगेर बन्द भएको थियो । सो दिन ९ अर्ब ७२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । सोमाबार ५५.८६ अंकले घटेर २ हजार ६ सय ४६ दशमलव ३ विन्दुमा पुगेको छ । सो दिन ९ अर्ब ४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
त्यस्तै, मंगलबार १३.०९ अंकले घटेर २ हजार ६ सय ३२ दशमलव ९४ विन्दुमा पुगेको छ । सो दिन ६ अर्ब ८८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । बुधबार २२.७३ अंकले घटेर २ हजार ६ सय १० दशमलव २१ विन्दुमा पुगेको छ । ासे दिन ६ अर्ब ६५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
त्यस्तै, साताको अन्तिम दिन विहीबार ७८.३१ अ.कले बढेर २ हजार ६ सय ८८ दशमलव ५३ विन्दुमा पुगेको छ । सो दिन ७ अर्ब ९५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
यस साता बेष्ट फाइनान्सको ३ लाख ५६ हजार ७४ कित्ता संस्थापक शेयर नेप्सेमा सूचीकृत भएको छ। फाइनान्सले लिलामी प्रक्रियामार्फत बिक्री गरेको शेयर यस साता सूचीकृत भएको हो।



