images
images

लगातार छैंटौ दिन पनि घट्यो नेप्से, कारोबार रकम पनि घट्यो


  • 279
    SHARES
  • २०८१ भाद्र २६ गते बुधबार

    लगातार छैंटौ दिन पनि घट्यो नेप्से, कारोबार रकम पनि घट्यो

    काठमाडौं । बुधबार शेयर बजार घटेर बन्द भएको छ । पछिल्लो ५ कारोबार दिनदेखि ओरालो लागिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २२.७३ अंकले घटेर २ हजार ६ सय १० दशमलव २१ विन्दुमा पुगेको छ । सो दिन ३ सय १७ स्क्रिपको ६ अर्ब ८५ करोड रुपैयाँ बराबरको १ करोड ५४ लाख कित्ता शेयर किनेबच भएको छ । 

    आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । मंगलबार ७ अर्ब २४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । आज कारोबारमा आएका ६६ कम्पनीको शेयर मूल्य बढेको छ । १ सय ७४ कम्पनीको शेयर मुल्य घटेको छ भने ४ कम्पनीको शेयर मूल्य स्थिर छ । 

    बुधबार १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। यस दिन फाइनान्स, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको छ। कारोबारमा आएको जीवन बीमा उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.८७ प्रतिशत घटेको छ। त्यस्तै, विकास बैंक, लगानी र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

    कारोबार रकमका आधारमा यस दिन सिईडिबी हाइड्रोपावर एण्ड डेभलपमेन्ट कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३४ करोड ७३ लाख ६ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन एनएलजी इन्स्योरेन्सको २१ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने ग्रिनलाइफ हाइड्रोपावरको १९ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

    आज एक कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा विन नेपाल लघुवित्त रहेको छ । त्यस्तै, थ्रीस्टार हाइड्रोपावरको शेयर मुल्य ९.४८ प्रतिशतले बढेको छ भने समाज लघुवित्त, कालिका लघुवित्त र आत्मनिर्भर लघुवित्तको शेयर मूल्य ६ प्रतिशत भन्दा बढी बढेको छ । 


    images
    images

    Logo