images
images

लगातार पाँचौ दिन पनि घट्यो नेप्से, कारोबार रकम पनि घट्यो


  • 387
    SHARES
  • २०८१ भाद्र २५ गते मंगलबार

    लगातार पाँचौ दिन पनि घट्यो नेप्से, कारोबार रकम पनि घट्यो

    काठमाडौं । मंगलबार शेयर बजार घटेर बन्द भएको छ । पछिल्लो ४ कारोबार दिनदेखि ओरालो लागिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

    आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.०९ अंकले घटेर २ हजार ६ सय ३२ दशमलव ९४ विन्दुमा पुगेको छ । 

    मंगलबार कारोबारमा आएका ३ सय २८ स्क्रिपको ७ अर्ब २४ करोड रुपैयाँ बराबरको १ करोड ९० लाख कित्ता शेयर किनबेच भएको छ । नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन करिब साढे ९ अर्बको शेयर कारोबार भएको थियो । 

    आज ६७ कम्पनीको शेयर मूल्य बढेको छ । १ सय ७० कम्पनीको शेयर मूल्य घटेको छ भने ८ कम्पनीको शेयर मूल्य स्थिर छ । 

    यस दिन १३ वटै उपसमूहको परिसूचक घटेसँगै नेप्से परिसूचक पनि घटेको छ। यस दिन वित्त र जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.०५ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १.०४ प्रतिशत घटेको छ। बाँकी उपसमूहको परिसूचक यस दिन सामान्य घटेको छ।

    कारोबार रकमका आधारमा यस दिन एचआईडिसिएलको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २९ करोड ८१ लाख रुपैयाँ बराबरको संस्थापक शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन हिमालयन रि इन्स्योरेन्सको साढे २१ करोडको शेयर खरिदबिक्री भएको छ भने सिईडिबी हाइड्रोपावरको २० करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

    आज कारोबारमा आएका आएका एक कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा मानुषि लघुवित्त रहेको छ । यस्तै, थ्रीस्टार हाइड्रोपावरको शेयर मूल्य ९.९० प्रतिशतले बढेको छ भने अप्पर साङ्गे हाइड्रोपावरको शेयरमूल्य साढे ७ प्रतिशत बढेको छ । 


    images
    images

    Logo