काठमाडौं । सोमबार शेयर बजार घटेर बन्द भएको छ । पछिल्लो तीन कारोबार दिनदेखि ओरालो लागिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५५.८६ अंकले घटेर २ हजार ६ सय ४६ दशमलव ३ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय २७ स्क्रिपको ९ अर्ब ४३ करोड रुपैयाँ बराबरको २ करोड १० लाख कित्ता शेयर किनबेच भएको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । आइतबार १० अर्ब १२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । सोमबार कारोबारमा आएका २२ कम्पनीको शेयर मुल्य बढेको छ । २ सय २२ स्क्रिपको शेयर मुल्य घटेको छ ।
यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको । जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.६७ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन बैंकिङ्ग, वित्त, जलविद्युत, जीवन बीमा, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
आज सबैभन्दा धेरै सिएचडीसीको शेयर कारोबार भएको छ । कम्पनीको ३७ करोडमाथि शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको २७ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हाथवे इन्भेष्टमेन्टको २३करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज हाथवे इन्भेष्टमेन्टको शेयर मूल्य ८.९८ प्रतिशतले बढेको छ भने नेपाल वेयरहाउजिङकाको शेयर मूल्य ७.५९ प्रतिशतले बढेको छ । यस्तै, इमर्जिङ नेपालको शेयर मूल्य ६ प्रतिशतले बढेको छ भने सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ।



