images
images

२२ लाख कित्ता आईपीओ जारी गर्दै प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स


  • 763
    SHARES
  • २०८१ भाद्र २४ गते सोमबार

    २२ लाख कित्ता आईपीओ जारी गर्दै प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स

    काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले २२ लाख ५ हजार कित्ता आईपीओ जारी गर्ने भएको हो । 

    कम्पनीले खरीद प्रत्याभुति सेवाको लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग तथा नबिल ईन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ ।

    सोमबार एक कार्यक्रमकाबीच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल, नबिल ईन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको तर्फ बाट प्रमुख कार्यकारी अधिकृत नरेश कुमार रोकाले उक्त शेयर प्रत्याभुति प्रदान गर्ने सम्बन्धि त्रिपक्षिय सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

    नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नेपाल एसबिआई बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो । यसले नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त गरी लगानि ब्यबस्थापन सेवा, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सेवा, धितोपत्र खरिद प्रत्याभुति सेवा, हितग्राही खाता सञ्चालन सम्बन्धी सेवा, संस्थागत परामर्श सम्बन्धी सेवा तथा शेयर रजिष्ट्रार सम्वन्धि सेवा प्रदान गर्दै आइरहेको छ ।

    त्यस्तै, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स सुदुरपश्चिम प्रदेश अन्तर्गत कैलाली जिल्लाको धनगढीमा मुख्य कार्यालय रही सञ्चालनमा आएको लघु निर्जीवन बीमा कम्पनी हो ।


    images
    images

    Logo