images
images

२५ अंकले घट्यो नेप्से, तीन कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट


  • 313
    SHARES
  • २०८१ भाद्र २३ गते आइतबार

    २५ अंकले घट्यो नेप्से, तीन कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

    काठमाडौं । आज साताको पहिलो दिन शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक २५ दशमलव ४६ अंकले घटेर २,७०१ को विन्दुमा कायम भएको छ ।

    आज कारोबारमा आएका २४५ कम्पनीहरुमध्ये ८५ कम्पनीको शेयर मूल्य बढेको छ भने १५७ कम्पनीको शेयर मूल्य घटेको छ । तीन कम्पनीको शेयरमूल्य आज स्थिर छ । बजारमा रहेका १३ उपसमूहमध्ये म्यानुफ्याक्चर एण्ड प्रोसेसिङ, माइक्रोफाइनान्स र म्युचुअल फन्डबाहेक सबै उपसमूहको सूचक घटेका छन् । 

    आज कारोबारमा आएकाकम्पनीहरुमध्ये ३ वटाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्ने कम्पनीहरुमा माहुली लघुवित्त, सिर्जनशील लघुवित्त र मिड सोलु हाइड्रोपावर छन् । 

    आज २ करोड २२ लाख कित्ता शेयर १० अर्ब १२ करोड बराबर रुपैयाँमा कारोबार भएको छ ।


    images
    images

    Logo