images
images

१२ अंकले घट्यो नेप्से, कारोबार रकम साढे ९ अर्ब माथि


  • 274
    SHARES
  • २०८१ भाद्र २० गते बिहीबार

    १२ अंकले घट्यो नेप्से, कारोबार रकम साढे ९ अर्ब माथि

    काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेञ्ज परिसूचक (नेप्से) १२ अंकले घटेको छ । बुधबार ९०.७३ अंकले घटेर २७३९.४६ विन्दुमा पुगेको नेप्से आज थप १२.१० अंकले घटेर २७२७.३६ विन्दुमा पुगेको हो । 

    बिहीबार कारोबारमा आएका २४४ कम्पनीमध्ये १०१ वटाको शेयरमूल्य बढेको छ । १३८ कम्पनीको शेयरमूल्य घटेको छ भने ५ कम्पनी स्थिर रहेका छन् । बजारमा रहेका १३ उपसमूहमध्ये माइक्रोफाइनान्स र ट्रेडिङबाहेक सबै उपसमूहको सूचक घटेका छन् । 

    आज कारोबारमा आएकाकम्पनीहरुमध्ये आत्मनिर्भर लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । 

    आज २ करोड १ लाख कित्ता शेयर ९ अर्ब ६५ करोड बराबर रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार नेपाल फाइनान्सको भएको छ ।


    images
    images

    Logo