images
images

लगातार दोस्रो दिन पनि बढ्यो नेप्से, कारोबार रकम १३ अर्ब ५७ करोड


  • 349
    SHARES
  • २०८१ भाद्र १८ गते मंगलबार

    लगातार दोस्रो दिन पनि बढ्यो नेप्से, कारोबार रकम १३ अर्ब ५७ करोड

    काठमाडौं । मंगलबार शेयर बजार बढेर बन्द भएको छ । सोमबार बढेर बन्द भएको नेप्सेले यस दिन पनि सोही गतिलाई निरन्तरता दिएको छ । 

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.९० अंकले बढेर २ हजार ८ सय ३० दशमलव १६ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय २८ स्क्रिपको १३ अर्ब ५७ करोड रुपैयाँ बराबरको ३ करोड ५ लाख कित्ता शेयर किनबेच भएको छ । 

    मंगलबार नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । सोमबार १३ अर्ब १० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । आज १ सय ६ कम्पनीको शेयर मूल्य बढेको छ । १ सय ३३ कम्पनीको शेयर मूल्य घटेको छ भने ५ कम्पनीको शेयर मूल्य स्थिर छ ।

    यस दिन १३ उपसमूहमध्ये निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ४.७८ प्रतिशत बढेको छ। यस उपसमूह अन्तर्गतका १२ वटै कम्पनीहरुको शेयरमूल्य बढेसँगै परिसूचक पनि उच्च दरमा बढ्न पुगेको हो। यस दिन निर्जीवन बीमा उपसमूहसहित ५ उपसमूहको परिसूचक बढेको छ। जसमध्ये जीवन बीमा उपसमूहको परिसूचक २.२८ प्रतिशत बढेको छ भने विकास बैंक उपसमूहको परिसूचक १.३२ प्रतिशत बढेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक १.५७ प्रतिशत घटेको छ। 

    आज सबैभन्दा धेरै एनएलजी इन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३४ करोड ७२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । गुडविल फाइनान्सको २९ करोड ५४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सानिमा रिलायन्स लाइफको २८ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    ७ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा एनएलजी इस्योरेन्स, सिन्धु विकास बैंक, मातृभूमि लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक, विन नेपाल लघुवित्त, मानुर्षी लघुवित्त र विन्ध्यावासिनी हाइड्रोपावर रहेका छन् । 

     


    images
    images

    Logo