images
images

१२७ अंकले बढ्यो नेप्से, कारोबार रकम १३ अर्ब १० करोड


  • 352
    SHARES
  • २०८१ भाद्र १७ गते सोमबार

    १२७ अंकले बढ्यो नेप्से, कारोबार रकम १३ अर्ब १० करोड

    काठमाडौं । सोमबार शेयर बजार बढेर बन्द भएको छ । पछिल्ला दिनहरुमा निरन्तरजसो ओरालो लागिरहेको नेप्से, यस दिन उच्च अंक बढेर बन्द भएको हो।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२७.३२ अंकले बढेर २ हजार ८ सय २३ दशमलव २५ विन्दुमा पुगेको छ । 

    सोमबार कारोबारमा आएका ३ सय ३५ स्क्रिपको १३ अर्ब १० करोड रुपैयाँ बराबरको ३ करोड १४ लाख कित्ता शेयर किनबेच भएको छ । 

    आज नेप्सेसँगै काराबार रकम पनि बढेको छ । आइतबार १० अर्ब ५१ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । 

    सोमबार कारोबारमा आएका २ सय ३९ कम्पनीको शेयर मुल्य बढेको छ भने ५ कम्पनीको शेयर मूल्य घटेको छ । 

    यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ७.९४ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन जलविद्युत र लगानी उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग, विकास बैंक, होटल तथा पर्यटन, जीवन बीमा, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ।

    आज सबैभन्दा धेरै गुडविल फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४६ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावरको ४१ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको ३३ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज ७ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा नेशनल हाइड्रोपावर, बेस्ट फाइनान्स, समृद्धि फाइनान्स, एनएलजी इस्योरेन्स, रिलायन्स फाइनान्स र सुपर माइ हाइड्रोपावर रहेका छन् । दोल्ती पावर कम्पनीको ९.९९ प्रतिशतले बढेको छ भने । 


    images
    images

    Logo