images
images

१७ म्युचुअल फण्डको लाभांश घोषणा, कुनले कति दिए ?


  • 383
    SHARES
  • २०८१ भाद्र १७ गते सोमबार

    १७ म्युचुअल फण्डको लाभांश घोषणा, कुनले कति दिए ?

    काठमाडौं । १७ म्युचुअल फण्डले लाभांश दिने घोषणा गरेका छन् । उक्त फण्डहरुले गत आर्थिक वर्षको मुनाफाबाट इकाईनीहरुलाई प्रतिफल दिने घोषणा गरेका हुन् । खुलामुखी र बन्दमुखी गरी नेपालमा दुई किसिमका म्युचुअल फन्ड सञ्चालनमा छन् । बुक क्लोज भइनसकेका बन्दमुखी योजना दोस्रो बजारबाट खरिद गरेर लाभांश प्राप्त गर्न सकिन्छ ।

    म्युचुअल फण्डका विभिन्न नाममा ३६ बन्दमुखी योजना दोस्रो बजारमा सूचीकृत छन् । सूचीकृत ३६ मध्ये १४ बन्दमुखी योजनाले लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गरेका अरु ३ योजना खुलामुखी हुन् ।   

    हालसम्म एनआईसी एसिया बैंक, लक्ष्मी सनराइज बैंक, सानिमा बैंक र कुमारी बैंकद्वारा प्रवर्द्धन गरिएका योजनाले लाभांश घोषणा गरेका छन् । उनीहरुले ४.५ देखि १५ प्रतिशतसम्म लाभांश घोषणा गरेका छन् ।

    यस्तै, गत आर्थिक वर्षको मुनाफाबाट इकाईनीहरुलाई शुभ लक्ष्मी कोषले ७.५ प्रतिशत लाभांश घोषणा गरेको छ । यस्तै, लक्ष्मी भ्यालु फण्ड २ले ४.५ प्रतिशत, लक्ष्मी उन्नति कोषले ७.५ प्रतिशत, एनआईसी एसिया सेलेक्ट फण्ड ३०ले १४ प्रतिशत, एनआईसी एसिया फ्लेक्जी क्यापले १०.५० प्रतिशत, एनआईसी एसिया ब्यालेन्स फण्डले ९.२५ प्रतिशत, एनआईसी एसिया डायनामिक डेब्ट (खुलामुखी)ले १० प्रतिशत, र एनआईसी एसिया ग्रोथ फण्ड ९.५ प्रतिशत लाभांश घोषणा गरेका छन् । 

    यस्तै, सनराइज फस्र्ट म्युचुअल फण्डले १२.५० प्रतिशत, सनराइज फोकस्ड इक्वीटीले ४.५ प्रतिशत, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम ३ले ७ प्रतिशत, कुमारी इक्वीटीले ९.५ प्रतिशत, कुमारी धनवृद्धिले ९.५ प्रतिशत, कुमारी सुनौलो योजना (खुलामुखी) १०.५ प्रतिशत, सानिमा इक्वीटी फण्डले १५ प्रतिशत, सानिमा लार्ज क्यापले १० प्रतिशतर सानिमा ग्रोथ फण्डले १० प्रतिशत लाभांश घोषणा गरेको छन् । 

    सात योजनाको अझै बुक क्लोज मिति तय भइसकेको छैन भने तीन योजना सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम ३ को भदौ २३ तथा कुमारी इक्वीटी र कुमारी धनवृद्धिको भदौ १९ गते बुक क्लोज मिति तय भएको छ ।

    म्युचुअल फन्डको प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य रहन्छ । अंकित मूल्य १० रुपैयाँ रहने गरे पनि केही योजना दोस्रो बजारमा १० रुपैयाँभन्दा तल कारोबार भइरहेका छन् । बन्दमुखी योजनाको बजार मूल्य र नेट एसेट्स भ्यालु फरक पर्न सक्छ ।

    म्युचुअल फन्डका योजनाको प्रतिइकाई सम्पत्ति मूल्य (न्याभ)अनुसार बजार मूल्य घटबढ हुने गर्दछ ।

    कुन कुन म्युचुअल फन्डले घोषणा गरे लाभांश ?

      योजनाको नाम घोषित लाभांश %
    1 शुभ लक्ष्मी कोष (खुलामुखी) ७.५
    2 लक्ष्मी भ्यालु फण्ड २ ४.५
    3 लक्ष्मी उन्नति कोष ७.५
    4 एनआईसी एसिया सेलेक्ट फण्ड ३० १४
    5 एनआईसी एसिया फ्लेक्जी क्याप १०.५
    6 एनआईसी एसिया ब्यालेन्स फण्ड ९.२५
    7 एनआईसी एसिया डायनामिक डेब्ट (खुलामुखी) १०
    8 एनआईसी एसिया ग्रोथ फण्ड ९.५
    9 सनराइज फस्र्ट म्युचुअल फण्ड १२.५
    10 सनराइज फोकस्ड इक्वीटी ४.५
    11 सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम ३
    12 कुमारी इक्वीटी ९.५
    13 कुमारी धनवृद्धि ९.५
    14 कुमारी सुनौलो योजना (खुलामुखी) १०.५
    15 सानिमा इक्वीटी फण्ड १५
    16 सानिमा लार्ज क्याप १०
    17 सानिमा ग्रोथ फण्ड १०

     


    images
    images

    Logo