काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार घटेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५६.१६ अंकले घटेर २ हजार ६ सय ९३ दशमलव ४० विन्दुमा पुगेको छ ।
आज कारोबारमा आएका ३ सय ३७ स्क्रिपको १० अर्ब ४४ करोड रुपैयाँ बराबरको २ करोड ६० लाख कित्ता शेयर किनबेच भएको छ ।
आइतबार नेप्सेसँगै कारोबार रकम घटेको छ । गत साताको विहीबार १२ अर्ब २४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
१३ उपसमूहमध्ये यस दिन म्युचुअल फण्ड उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.८० प्रतिशत बढेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.४४ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन बैंकिङ्ग, होटल तथा पर्यटन र जलविद्युत उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने विकास बैंक, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
आज सबैभन्दा धेरै गुडविल फाइनान्सको शेयर कारोबार भएउको छ । कम्पनीको ५२ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको ३३ करोड ४३ लाख रुपैयााको शेयर कारोबार भएको छ । नेपाल फाइनान्सको ३३ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आइतबार एक कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा सुपर माई हाइड्रोपावर रहेको छ । हिमालयन पावर पार्टनरको शेयर मूल्य ९.८७ प्रतिशतले बढेको छ भने कुथली बुखरी हाइड्रोपावरको शेयर मूल्य ८.७३ प्रतिशतले बढेको छ ।



