images
images

३० लाख कित्ता आईपीओ जारी गर्दै इष्टर्न साहारा


  • 614
    SHARES
  • २०८१ भाद्र १४ गते शुक्रबार

    ३० लाख कित्ता आईपीओ जारी गर्दै इष्टर्न साहारा

    काठमाडौं । इष्टर्न साहारा कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले प्रति कित्ता एक सय रुपैयाँका दरले ३०,००,००० कित्ता आईपीओ जारी गर्ने भएको हो ।

    साधारण शेयरको लागि “क्रेडिट रेटिङ्ग नियमावली, २०६८” को नियम ३ मा भएको व्यवस्था बमोजिम क्रेडिट रेटिङ्ग गर्नको निमित्त नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ्ग संस्था पुतलीसडक, काठमाडौंसँग द्विपक्षीय सम्झौता सम्पन्न भएको छ ।

    वि.संं. २०७९ सालमा पब्लिक कम्पनीको रुपमा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई सञ्चालनमा आएको इष्टर्न साहारा कम्पनी लिमिटेडको रजिष्टर्ड (केन्द्रीय) कार्यालय बिर्तामोड नगरपालिका, चारपाने, झापामा रहेको छ भने लियाजन अफिस बानेश्वर हाइट,काठमाडौंमा रहेको छ ।


    images
    images

    Logo