images
images

नेप्सेसँगै घट्यो कारोबार रकम


  • 305
    SHARES
  • २०८१ भाद्र १३ गते बिहीबार

    नेप्सेसँगै घट्यो कारोबार रकम

    काठमाडौं । साताको अन्तिम दिन विहीबार शेयर बजार घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात बुधबार सामान्य अंक बढेर बन्द भएको नेप्से यस दिन पुनः घटेर बन्द भएको हो।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३६.८३ अंकले घटेर २ हजार ७ सय ४९ दशमलव ५७ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय २२ स्क्रिपको १२ अर्ब २४ करोड रुपैयाँ बराबरको २ करोड ८३ लाख कित्ता शेयर किनबेच भएको छ । 

    आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । बुधबार १३ अर्ब ७२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । 

    विहीबार कारोबारमा आएका ५३ कम्पनीको शेयर मूल्य बढेको छ । १ सय ८८ कम्पनीको शेयर मूल्य घटेको छ भने २ कम्पनीको शेयर मूल्य स्थिर छ ।

    १३ उपसमूहमध्ये यस दिन म्युचुअल फण्ड उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.१० प्रतिशत बढेको छ। यस दिन जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक २.०९ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन लघुवित्त उपसमूहको परिसूचक २ प्रतिशत घटेको छ भने बैंकिङ्ग, विकास बैंक, होटल तथा पर्यटन र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

    आज सबैभन्दा धेरै गुडविल फाइनान्सको शेयर कारोबार भएको छ । कम्पनीको ३७ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावरको ३६ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको ३५ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज एक कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा कुथेली बुखरी स्मल हाइड्रोपावर रहेको छ । यस्तै, रसुवागढी हाइड्रोपावरको शेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ भने मिड सोलु हाइड्रोको शेयर मूल्य ८.४८ प्रतिशतले बढेको छ । त्यस्तै, यस दिन पिपुल्स हाइड्रोपावरको शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ भने रसुवागढी हाइड्रोपावरको शेयरमूल्य साढे ५ प्रतिशत बढेको छ। 

     


    images
    images

    Logo