images
images

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले पायो ऋणपत्र निष्कासनकाे अनुमति


  • 294
    SHARES
  • २०८१ भाद्र १३ गते बिहीबार

    नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले पायो ऋणपत्र निष्कासनकाे अनुमति

    काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले ऋणपत्र निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले ४० लाख ४० हजार कित्ता ऋणपत्र निष्कासन गर्न बोर्डको अनुमति पाएको हो ।

    कम्पनीले कुल कित्ता ऋणपत्रमध्ये १६ लाख १६ हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने बाँकी रहेको २४ लाख २४ हजार कित्ता व्यक्तिगत तबरबाट विभिन्न व्यक्ति तथा संस्थामा बिक्री गर्नेछ ।

    कम्पनीले आगामी १० वर्ष अवधिसम्मका लागि वार्षिक १० प्रतिशत ब्याजदरमा यो ऋणपत्र निष्कासन गर्न लागेको हो । बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

     

     


    images
    images

    Logo