images
images

सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम १२ अर्ब ७२ करोड


  • 505
    SHARES
  • २०८१ भाद्र १२ गते बुधबार

    सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम १२ अर्ब ७२ करोड

    काठमाडौं । बुधबार नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। अघिल्ला दुई कारोबार दिन उच्च अंक घटेर बन्द भएको नेप्से, यस दिन भने सामान्य अंक बढेर बन्द भएको हो।

    आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.८० अंकले बढेर २ हजार ७ सय ८६ दशमलव ४० विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय २६ स्क्रिपको १२ अर्ब ७२ करोड रुपैयाँ बराबरको ३ करोड ५० लाख कित्ता शेयर किनबेच भएको छ । 

    बुधबार नेप्से सामान्य अंकले बढेपनि कारोबार रकम भने घटेको छ । मंगलबार १८ अर्ब ६४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । आज कारोबारमा आएका ९७ कम्पनीको शेयर मूल्य बढेको छ । १ सय ४३ कम्पनीको शेयर मूल्य घटेको छ भने ४ कम्पनीको शेयर मूल्य स्थिर छ । 

    १३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। यस दिन लगानी उपसमूहको परिसूचक सर्वाधिक १.०१ प्रतिशत बढेको छ। अन्य उपसमूहहरुको वृद्धिदर भने १ प्रतिशतभन्दा कम रहेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक १.६९ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन लघुवित्त र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

    आज सबैभन्दा धेरै चन्द्रागिरी हिल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनकिो ४३ करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल फाइनान्सको ४१ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको ३८ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज ३ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सकारात्मक सर्किट लाग्नेमा लिबर्टी इनर्जी कम्पनी, हिमालयन हाइड्रोपावर र मिड सोलु हाइड्रोपावर रहेका छन् । यस्तै, आत्मनिर्भर लघुवित्तको शेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ भने माई खोला हाइड्रोपावरको शेयर मूल्य ९.९३ प्रतिशतले शेयर मूल्य बढेको छ । पिपुल्स हाइड्रोपावरको शेयर मूल्य ९.८७ प्रतिशतले बढेको छ । 

     


    images
    images

    Logo