images
images

१११ अंकले घट्यो नेप्से, कारोबार रकम १८ अर्ब ६४ करोड


  • 287
    SHARES
  • २०८१ भाद्र ११ गते मंगलबार

    १११ अंकले घट्यो नेप्से, कारोबार रकम १८ अर्ब ६४ करोड

    काठमाडौं । मंगलबार शेयर बजार घटेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १११.९६ अंकले घटेर २ हजार ७ सय ८२ दशमलव ६० विन्दुमा पुगेको छ । 

    आज कारोबारमा आएका ३ सय ३० स्क्रिपको १८ अर्ब ६४ करोड रुपैयाँ बराबरको ४ करोड ३८ लाख कित्ता शेयर किनबेच भएको छ । आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । आइतबार १९ अर्ब ७४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । 

    मंगलबार कारोबारमा आएका २० कम्पनीको शेयर मूल्य बढेको छ । २ सय २३ कम्पनीको शेयर मुल्य घटेको छ भने १ कम्पनीको शेयर मूल्य स्थिर छ । 

    आज सबैभन्दा धेरै हिमालयन रि–इन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६५ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावरको ५१ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रुण भ्यालीको ४५ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज ३ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा तारागाउँ रिजेन्सी होटल, आत्मनिर्भर लघुवित्त र दोल्ती पावर कम्पनी रहेका छन् । त्यस्तै, थ्रि स्टारको शेयर मुल्य ९.८१ प्रतिशतले बढेको छ । 

     


    images
    images

    Logo