काठमाडौं । दुई कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । यसरी सुचीकृत हुनेमा मैलुङ खोला जलविद्युत र सीईडिवि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी रहेका छन् ।
मैलुङ खोला जलविद्युतको २.२२११ प्रतिशत बोसन बापत मंगलबार ८१ हजार ७ सय ६८ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । त्यस्तै, सीईडिवि हाइड्रोपावर डेभलपमेन्टको ११ प्रतिशत बोनस बापतको ९ लाख २३ हजार ३ सय ५१ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ ।
दुई कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ ।