images
images

७९ अंकले घट्यो नेप्से, कारोबार रकम १९ अर्ब ७४ करोड


  • 358
    SHARES
  • २०८१ भाद्र ९ गते आइतबार

    ७९ अंकले घट्यो नेप्से, कारोबार रकम १९ अर्ब ७४ करोड

    काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार घटेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७९.८८ अंकले घटेर २ हजार ८ सय ९४ दशमलव ५७ विन्दुमा पुगेको छ । 

    आज कारोबारमा आएका ३ सय ३३ स्क्रिपको १९ अर्ब ७४ करोड रुपैयाँ बराबरको ४ करोड २६ लाख कित्ता शेयर किनबेच भएको छ । 

    आज नेप्से घटेपनि कारोबार रकम सामान्य बढेको छ । गत साताको विहीबार १९ अर्ब १६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । 

    आइतबार ६० कम्पनीको शेयर मूल्य बढेको छ । १ सय ८४ कम्पनीको शेयर मुल्य घटेको छ ।

    आज सबैभन्दा धेरै अपि पावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ८४ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रि–इन्स्योरेन्सको ७३ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शाइन रेसुङगा डेभलपमेन्ट बैंकको ५१ करोड ९६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज कारोबारमा आएका ३ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा विन नेपाल लघुवित्त, उपकार लघुवित्त र आत्मनिर्भर लघुवित्त रहेका छन् । त्यस्तै, थ्रि स्टार हाइड्रोपावरको शेयर मूल्य ९.९४ प्रतिशतले बढेको छ ।

     


    images
    images

    Logo