images
images

सनराइज फर्स्ट म्युचुअल फण्डको इकाई मूल्य समायोजन


  • 294
    SHARES
  • २०८१ भाद्र ७ गते शुक्रबार

    सनराइज फर्स्ट म्युचुअल फण्डको इकाई मूल्य समायोजन

    काठमाडौं ।  सनराइज फर्स्ट म्युचुअल फण्डको इकाईमूल्य समायोजन भएको छ। प्रतिफल वितरण प्रयोजनार्थ फण्डले बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

    यस दिन नेप्सेले फण्डको १२.५० प्रतिशत नगद लाभांश समायोजन गरेको हो। समायोजनपश्चात फण्डको इकाईमूल्य १० रुपैयाँ ७२ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा फण्डको इकाईमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बिहीबार फण्डको इकाई ११ रुपेयाँ ९७ पैसामा अन्तिम कारोबार भएको हो।

    समायोजित मूल्यलाई आधार मानेर आइतबार दोस्रो बजारमा फण्डको इकाई कारोबार खुल्नेछ।

     


    images
    images

    Logo