काठमाडौं । डिम्याट खाता खोल्नेको सङ्ख्या हालसम्म ६३ लाख ७० हजार भन्दा धेरै रहेको छ । नेपाल सिडीएस एण्ड क्लियरिङका अनुसार डिम्याट खाता खोल्नेको सङ्ख्या ६३ लाख ७० हजार ६११ पुगेको हो ।
पछिल्लो दुई महिना यता डिम्याट खाता खोल्नेको सङ्ख्या ४० हजारले बढेको छ । त्यस्तै, दुई महिनामा मेरो सेयरको खाता खोल्नेको सङ्ख्या पनि करिब २० हजारले बढेको छ ।
यससँगै, हालसम्म ३६ लाख ५६ हजारले मेरो सेयर खाता खोलेका छन् । (प्राथमिक सेयर)आइपीओ भएका लगानीकर्ताहरूले सेयर बजार बढेसँगै बेच्नका लागि मेरो सेयरको खाता खोल्दा यो सङ्ख्या उल्लेख्य रूपमा बढेको देखिन्छ ।