images
images

सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम १८ अर्ब ९० करोड


  • 315
    SHARES
  • २०८१ भाद्र ५ गते बुधबार

    सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम १८ अर्ब ९० करोड

    काठमाडौं । बुधबार शेयर बजार सामान्य अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.११ अंकले बढेर २ हजार ९ सय ६८ दशमलव ४४ विन्दुमा पुगेको छ । 

    आज कारोबारमा आएका ३ सय ३७ कम्पनीको  १८ अर्ब ९० करोड रुपैयाँ बराबरको ४ करोड १४ लाख कित्ता शेयर किनबेच भएको छ । 

    आज नेप्से सामान्य अंकले बढेपनि कारोबार रकम भने घटेको छ । गत साताको आइतबार २८ अर्ब ८३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । 

    बुधबार १ सय कम्पनीको शेयर मूल्य बढेको छ । १ सय ४० कम्पनीको शेयर मूल्य घटेको छ भने ४ कम्पनीको शेयर मूल्य स्थिर छ । 

    यस दिन कारोबारमा आएका १३ उपसमूहमा ५ उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी ८ उपसमूहको सूचक नकारात्मक देखिएको छ। फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै ४.९९ प्रतिशतले बढेको छ भने ब्यापार उपसमूहको सूचक सबैभन्दा धेरै २.०९ प्रतिशतले घटेको छ।

    आज हिमालयन रि–इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ। सो कम्पनीको ६६ करोड २ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । अपी पावरको ४५ करोड ७८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, एभरेष्ट बैंकको ४५ करोड ९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने सानिमा माई हाइड्रोपावरको ३६ करोड ८० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । 

    आज ५ कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, रिलायन्स फाइनान्स, दोल्ती पावर कम्पनी र मल्टीप्रपोज फाइनान्स रहेका छन्  ।  


    images
    images

    Logo