images
images

२१ अर्ब ६५ करोड रूपैयाँ बराबरको बोनस शेयर नेप्सेमा सूचीकृत


  • 1.1K
    SHARES
  • २०८१ भाद्र ३ गते सोमबार

    २१ अर्ब ६५ करोड रूपैयाँ बराबरको बोनस शेयर नेप्सेमा सूचीकृत

    काठमाडौं । गत आर्थिक वर्ष २०८०/८१ मा २१ अर्ब ६५ करोड रूपैयाँ बराबरको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार समीक्षा अवधिमा २१ अर्ब ६५ करोड बराबरको बोनस शेयर सूचीकृत भएको हो । 

    सोही अवधिमा ८६ अर्ब ८१ करोड बराबरको साधारण शेयर (आईपीओ) सूचीकृत भएको छ । सोही अवधिमा २१ अर्ब ९८ करोड बराबरको हकप्रद शेयर र ३ करोड बराबरको एफपीओ गरी कुल १३० अर्ब ४७ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।

    यता, समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले १० अर्ब ७५ करोड बराबरको साधारण शेयर, ७ अर्ब ६५ करोड बराबरको हकप्रद शेयर, ६ अर्ब २ करोड बराबरको डिबेन्चर र ४ अर्ब ७० करोड बराबरको म्युचुअल फण्ड गरी कुल २९ अर्ब १२ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।

    राष्ट्र बैंकका अनुसार २०८१ असार मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २७० पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १३२ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन्भने ९१ जलविद्युत्कम्पनी, २२ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन्। २०८० असारमा सूचीकृत कम्पनीहरूको संख्या २५४ रहेको थियो ।

    त्यस्तै सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५८.६ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा १५.१ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.३ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ६.४ प्रतिशत, होटेलको हिस्सा २.८ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ९.२ प्रतिशत रहेको छ ।


    images
    images

    Logo