images
images

भारतले नेपालको थप २५१ मेगावाट बिजुली किन्ने


  • 313
    SHARES
  • २०८१ भाद्र ३ गते सोमबार

    भारतले नेपालको थप २५१ मेगावाट बिजुली किन्ने

    काठमाडौं । नेपालले थप २ सय ५१ मेगावाट बिजुली निर्यात गर्न भारतको विद्युत् मन्त्रालयबाट स्वीकृति पाएको छ । भारतको विद्युतसँग सम्बन्धित प्राधिकरणले १२ वटा जलविद्युत परियोजनाबाट थप २५१ मेगावाट बिजुली आयातको स्वीकृति दिएको हो । 
     
    योसँगै नेपालका २८ वटा जलविद्युत परियोजनाबाट ९४१ मेगावाट बिजुली भारत निकासी हुने भएको छ । 

    नेपाल गत आर्थिक वर्षबाट नै खुद विद्युत निर्यातकर्ता बनिसकेको छ। गत आर्थिक वर्ष १६ अर्ब ९३ करोड रुपैयाँ बराबरको बिजुली भारत निकासी भएको थियो ।

    सन् २०२१ अक्टोबरमा पहिलोपटक नेपालबाट भारततर्फ ३९ मेगावाट विद्युत निर्यातका लागि अनुमति भारतीय पक्षले दिएको थियो। तीन वर्षभन्दा कम अवधिमा यो आँकडा २४ गुणा भन्दा बढेको छ ।

    प्राधिकरणको प्रबन्ध निर्देशकमा कुलमान घिसिङ आएपछि निकासीलाई प्राथमिकतामा राखेर काम अघि बढेको हो । त्यही प्राथमिकताका कारण पनि भारत निकासी हुने बिजुलीको हिस्सा बढ्दो क्रममा छ ।

     


    images
    images

    Logo