काठमाडौं । सूर्योदय वोमी लघुवित्तको एफपीओ नेप्सेमा सुचीकृत भएको छ । आइतबार कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरेको ४६ हजार ७ सय २९ कित्ता एफपीओ नेप्सेमा सुचीकृत भएको हो ।
कुनै पनि संगठित संस्थाको साधारण शेयर नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबार आउने व्यवस्था छ। तर, भोलि सोमबार जनैपूर्णिमा र पर्सि मंगलबार गाईजात्रा (उपत्यका मात्रै) सार्वजनिक बिदा परेकोले अब शेयर बजार बुधबारमात्रै खुल्नेछ।
सोही कारणले सूर्योदय वोमीको आज सूचीकृत शेयर बुधबारबाट मात्रै कारोबार गर्न मिल्नेछ।