काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ । पछिल्ला दुई कारोबार दिन बढेर बन्द भएको नेप्से, यस दिन भने घटेर बन्द भएको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३४.४६ अंकले घटेर २ हजार ९ सय ६६ दशमलव ३३ विन्दुमा पुगेको छ । सो दिन ३ सय ३० स्क्रिपको २८ अर्ब ८३ करोड रुपैयाँ बराबरको ६ करोड ५४ लाख कित्ता शेयर किनबेच भएको छ ।
आजक नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । गत साताको अन्तिम दिन विहीबार २९ अर्ब ९५ करोड बराबरको शेयर कारोबार भएको थियो । आज ४७ कम्पनीको शेयर मूल्य बढेको छ । १ सय ९५ कम्पनीको शेयर मूल्य घटेको छ ।
१३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग, जीवन बीमा, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य बढेको हो। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ४.४९ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन जलविद्युत र अन्य उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ भने विकास बैंक, वित्त र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेका छन् ।
आज हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ। सो कम्पनीको ८२ करोड १४ लाख रुपैयाँ बढीको शेयर कारोबार भएको छ । त्यस्तै, अपी पावरको ७८ करोड ७६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने कुमारी बैंकको ६५ करोड ९३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
आइतबार ४ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा राष्ट्रिय बीमा कम्पनी, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल), मल्टीपर्पस फाइनान्स, सम्पदा लघुवित्त रहेका छन् । त्यस्तै, यस दिन लिबर्टी इनर्जीको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ।



