images
images

शेयर बजारमा ‘इन्साइडर’ ट्रेडिङ गर्नेलाई ३ करोड जरिवाना र तीन वर्ष कैद


  • 885
    SHARES
  • २०८१ भाद्र २ गते आइतबार

    शेयर बजारमा ‘इन्साइडर’ ट्रेडिङ गर्नेलाई ३ करोड जरिवाना र तीन वर्ष कैद

    काठमाडौं । शेयर बजारमा जालसाजी गर्नेलाई दिइने कारबाहीको सीमा बढाउन प्रस्ताव गरिएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसदमा दर्ता गराएको धितोपत्रसम्बन्धी ऐन २०६३ संशोधन प्रस्तावमा इन्साइडर ट्रेडिङ (भित्री कारोबार) गरेको पुष्टि भएमा ५० लाखदेखि ३ करोड रूपैयाँसम्म जरिवाना वा ३ वर्ष कैद वा दुवै सजायको प्रस्ताव गरिएको छ ।

    ‘(१) उपदफा (१) मा रहेका ‘बिगो बमोजिम जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय’ भन्ने शब्दहरूको सट्टा ‘बिगो खुलेकोमा बिगो भराई बिगो बमोजिमको जरिबाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय र बिगो नखुलेकोमा पचास लाख रुपैयाँदेखि तीन करोड रूपैयाँसम्म जरिवाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय’ भन्ने शब्दहरू राखिएका छन्’, संशोधित प्रस्तावमा उल्लेख छ ।

    धितोपत्र सम्बन्धी ऐन नियमको व्यवस्था बमोजिम लगानीकर्तासमक्ष सार्वजनिक गराउनुपर्ने जानकारी एवं सूचना सार्वजनिक नगरी उक्त जानकारी एवं सूचनाका आधारमा कम्पनीसँग सम्बन्धित व्यक्ति वा निजको नजिकको व्यक्तिले धितोपत्र कारोबार गरेमा यस प्रकारको कारोबारलाई धितोपत्रको भित्री कारोबार (इन्साइडर ट्रेडिङ) भनिन्छ ।

    सबैभन्दा पहिले कम्पनीका उच्च व्यवस्थापन वा सञ्चालकहरुले नै कम्पनीका भित्री सूचना थाहा पाएका हुन्छन् । सूचना पाएपनि आफ्नो वा एकाघर परिवारका नाममा शेयर खरिद गर्न मिल्दैन । तर, पछिल्लो समय यही सूचनाका आधारमा कारोबार गर्नेहरू पनि छन् । जो प्रहरी अनुसन्धानमा तानिएका थिए ।


    images
    images

    Logo