images
images

सातामा २३४ अंकले बढ्यो नेप्से, आगामी साता के होला ?


  • 446
    SHARES
  • २०८१ भाद्र १ गते शनिबार

    सातामा २३४ अंकले बढ्यो नेप्से, आगामी साता के होला ?

    काठमाडौं । यो साता सेयर बजारको परिसूचक नेप्से २३४।.४३ अंक बढेर ३०००.८१ विन्दुमा पुगेको छ। यस साता ५ कारोबार दिनमध्ये ४ कारोबार दिन नेप्से बढेको थियो भने एक कारोबार दिन घटेको थियो। यस साताको मंगलबार नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको थियो।

    यस साता नेप्सेको कुल बजार पूँजीकरणले पनि नयाँ रेकर्ड बनाएको छ। यस साता नेप्सेको कुल बजार पूँजीकरण ३ खर्ब ७४ अर्ब रुपैयाँ बढेर ४७ खर्ब ६५ अर्ब रुपैयाँ पुगेको छ। जुन हालसम्मकै उच्च पूँजीकरण हो।

    १३ उपसमूहमध्ये यस साता १२ उपसमूहको परिसूचक बढेको छ भने १ उपसमूहको परिसूचक घटेको छ। गत साता वित्त उपसमूहको परिसूचक सर्वाधिक १५.०१ प्रतिशत बढेको छ । यस साता उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १.९७ प्रतिशत घटेको छ। 

    साताको पहिलो कारोबार दिन आइतबार नेप्से ९४.४६ अंकले बढेर २ हजार ८ सय ६० दशमलव ८४ विन्दुमा पुगेको छ । सो दिन २६ अर्ब ८० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । सोमबार ७०.८१ अंकले बढेर २ हजार ९ सय ३१ दशमलव ६५ दशमलव विन्दुमा पुगेको छ । सो दिन २६ अर्ब ८० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । 

    त्यस्तै, मंगलबार ८.१८ अंकले घटेर २ हजार ९ सय २३ दशमलव ४६ विन्दुमा पुगेको छ । सो दिन २१ अर्ब ३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । बुधबार ३४.२९ अंकले बढेर २ हजार ९ सय ५७ दशमलव ७५ विन्दुमा पुगेको छ । सो दिन २३ अर्ब १६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।

    त्यस्तै, साताको अन्तिम दिन विहीबार ४३.०५ अंकले बढेर ३ हजार दशमलव ८१ विन्दुमा पुगेको छ । सो दिन २९ अर्ब ३० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।

    यस साता नेप्सेमा १ करोड ३२ लाख ९२ हजार १ सय ५६ कित्ता शेयर सूचीकृत भएको छ। यस साता आइएमई लाइफ इन्स्योरेन्स र सन नेपाल लाइफ इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो भने मातृभूमि लघुवित्त र सम्पदा लघुवित्तको मर्जरपश्चात शेयर सूचीकृत भएको हो।


    images
    images

    Logo