काठमाडौं । सनराइज फोकस्ड इक्विटी र सनराइज फर्स्ट म्युचुअल फन्डले नगद लाभांश (प्रतिफल) वितरण गर्न बुक क्लोज मिति तय गरेका छन् । यी दुबै फण्डहरुले भदौ ७ गते बुकक्लोज गर्ने भएका हुन् ।
यस अनुसार भदौ ६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले यी फण्डहरुको प्रतिफल प्राप्त गर्न सक्नेछन्।
सनराइज फर्स्ट म्युचुअल फन्ड र सनराइज फोकस्ड इक्विटी फन्डले आर्थिक वर्ष २०८०–८१ बाट क्रमशः १२.५० र ४.५ प्रतिशत नगद लाभांश (कर सहित) घोषणा गरीसकेका छन् ।
यी फन्डको योजना व्यवस्थापकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ । दुवैलाई लक्ष्मी सनराइज बैंकले प्रवद्र्धन गरेको छ ।