images
images

३० अंकले बढ्यो नेप्से, कारोबार रकम २३ अर्ब २१ करोडमाथि


  • 369
    SHARES
  • २०८१ श्रावण ३० गते बुधबार

    ३० अंकले बढ्यो नेप्से, कारोबार रकम २३ अर्ब २१ करोडमाथि

    काठमाडौं । मंगलबार सामान्य अंकको करेक्सनपछि बुधबार पुनः नेप्से परिसूचक बढेर बन्द भएको छ। गत साताको मंगलबार उच्च अंक घटेपछि निरन्तर चार कारोबार दिन बढेको नेप्से, यस साताको मंगलबार सामान्य अंक घटेको थियो। सोपश्चात आज फेरी नेप्सेले बढ्ने क्रमलाई निरन्तरता दिएको हो।

    आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३०.५० अंकले बढेर २ हजार ९ सय ५३ दशमलव ९६ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय ३२ स्क्रिपको २३ अर्ब २१ करोड रुपैयाँ बराबरको ५ करोड ९ लाख कित्ता शेयर किनबेच भएको छ । 

    नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन २१ अर्ब ५१ करोडको शेयर कारोबार भएको थियो । आज कारोबारमा आएका १ सय ५२ कम्पनीको शेयर मूल्य बढेको छ । ८२ कम्पनीको शेयर मूल्य घटेको छ भने ९ कम्पनीको शेयर मूल्य स्थिर छ । 

    यस दिन १३ उपसमूहमध्ये फाइनान्स उपसमूहको परिसूचक सर्वाधिक ७.६७ प्रतिशत बढेको छ। सो उपसमूहका १५ वटै कम्पनीहरुको शेयरमूल्य यस दिन बढेको छ। त्यस्तै, यस दिन विकास बैंक उपसमूहको परिसूचक ३.०७ प्रतिशत बढेको छ भने होटल तथा पर्यटन र लगानी उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।

    आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ८६ करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ८४ करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपिको ७५ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । 

    बुधबार ९ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रसिभ फाइनान्स, फाइनान्स, मातृभूमि लघुवित्त, एचआइडीसीएल, माउन्टेन हाइड्रोपावर, हिमालयन हाइड्रोपावर, इङ्वा हाइड्रोपावर र अपर स्याङ्गे हाइड्रोपावर रहेका छन् । 


    images
    images

    Logo