काठमाडौं । चार कारोबार दिनको निरन्तर वृद्धिपछि मंगलबार नेप्से परिसूचकमा सामान्य अंकले घटेर बन्द भएको छ। गत साताको बुधबारदेखि निरन्तर उकालो लागिरहेको नेप्सेमा यस दिन सामान्य अंकले घटेर बन्द भएको हो।
शेयर बजार घटेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.१८ अंकले घटेर २ हजार ९ सय २३ दशमलव ४६ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय ३२ स्क्रिपको २१ अर्ब ५१ करोड रुपैयाँ बराबरको ५ करोड २७ लाख कित्ता शेयर किनबेच भएको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । सोमबार २७ अर्ब २४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
मंगलबार ८० कम्पनीको शेयर मूल्य बढेको छ । १ सय ५७ कम्पनीको शेयर मूल्य घटेको छ भने ६ कम्पनीको शेयर मूल्य स्थिर छ ।
१३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक १.५७ प्रतिशत बढेको छ। कारोबारमा आएको होटल तथा पर्यटन उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.२५ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन विकास बैंक, उत्पादन तथा प्रशोधन, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
आज सबैभन्दा धेरै नेपाल फाइनान्सको ८१ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको ६८ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ४४ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज ३ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा मातृभूमि लघुवित्त, पिपुल्स पावर कम्पनी र दोल्ती पावर कम्पनी रहेका छन् । त्यस्तै, गुडविल फाइनान्सको शेयर मूल्य करिव १० प्रतिशतले बढेको छ । त्यस्तै, यस दिन न्यादी हाइड्रोपावर, मिड सोलु हाइड्रोपावर, विन्ध्यबासिनी हाइड्रोपावर र शुभम पावरको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ।



