images
images

मातृभूमि लघुवित्तको शेयर नेप्सेमा सुचीकृत


  • 610
    SHARES
  • २०८१ श्रावण २८ गते सोमबार

    मातृभूमि लघुवित्तको शेयर नेप्सेमा सुचीकृत

    काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मातृभूमि लघुवित्तको शेयर सुचीकृत भएको छ । साबिक जाल्पा सामुदायिक लघुवित्त र किसान लघुवित्तको मर्जरपछि मातृभूमि लघुवित्त वित्तीय संस्थाको नाममा शेयर कारोबार खुल्ने भएको हो।

    साबिक जाल्पा सामुदायिक र किसान लघुवित्त १ः०.८८३४ शेयर स्वाप रेसियोमा आपसमा मर्ज भएका हुन्। यी दुवै लघुवित्त गाभिएपछि कुल ६२ लाख ८३ हजार ५७३.३७ कित्ता शेयर मातृभूमि लघुवित्तको नाममा नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। मर्जर प्रयोजनका लागि रोक्का रहेको संस्था शेयर नेप्सेले फुकुवा गरेको छ।

    अब मंगलबारबाट मातृभूमि लघुवित्तको नाममा शेयर कारोबार खुल्नेछ। नेप्सेले यो लघुवित्तलाई ‘एमएटीआरआई’ कारोबार संकेत प्रदान गरेको छ। यसका साथै मर्जर प्रयोजनको लागि रोक्का रहेको उक्त कम्पनीको शेयर फुकुवा भएको पनि नेप्सेले जनाएको छ । 

    नेप्सेले लघुवित्तको लागि १ हजार २ सय ७८ रुपैयाँ ३९ पैसा ओपनिङ रेञ्ज तोकिदिएको छ । शेयर सुचिकृत भएसंगै अब मातृभूमि लघुवित्तको नामबाट शेयर कारोबार हुनेछ  उक्त शेयर भोलिदेखि नै धितोपत्र दोस्रो बजारमा कारोबार गर्न मिल्नेछ ।


    images
    images

    Logo