images
images

७० अंकले बढ्यो नेप्से, कारोबार रकम हालसम्मकै उच्च


  • 444
    SHARES
  • २०८१ श्रावण २८ गते सोमबार

    ७० अंकले बढ्यो नेप्से, कारोबार रकम हालसम्मकै उच्च

    काठमाडौं । आज शेयर बजार बढेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७०.८१अंकले बढेर २ हजार ९ सय ३१ दशमलव ६५ विन्दुमा पुगेको छ । साताको दोस्रो कारोबार दिन नेप्से भने साढे २ प्रतिशत बढेर २९०० विन्दुभन्दा माथि बन्द भएको छ। 

    सोमबार कारोबारमा आएका ३ सय ३९ स्क्रिपको २७ अर्ब २४ करोड रुपैयाँ बराबरको ६ करोड ४८ लाख कित्ता शेयर किनबेच भएको छ ।  यस दिनको कारोबार रकम हालसम्मकै उच्च हो। यसअघि साउन २७ गते नेप्से २५ अर्ब ६० करोड शेयर खरिदबिक्री भएको थियो। यस दिन नेप्सेमा सो कारोबार रकमको रेकर्ड तोडिएको हो।

    आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । आइतबार २५ अर्ब ६० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । सोमबार १ सय ७१ कम्पनीको शेयर मूल्य बढेको छ । ६८ कम्पनीको शेयर मुल्य घटेको छ भने ३ कम्पनीको शेयर मुल्य स्थिर छ ।

    १३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ। यस दिन जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ५.८५ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन वित्त र व्यापार उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंकको ३ प्रतिशत बढेको छ। कारोबारमा आएको बैंकिङ्ग, होटल तथा पर्यटन र निर्जीवन बीमा उपसमूहको परिसूचक यस दिन २ प्रतिशतभन्दा बढी बढेको छ।

    आज सबैभन्दा धेरै हिमालयन रि–इन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १ अर्ब २२ करोडको कारोबार भएको छ । शिवम् सिमेन्टको ९२ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल फाइनान्सको ८४ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज ७ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज सूर्यज्योति लाइफ, हिमालयन लाइफ, जोशी हाइड्रो, रसुवागढी, स्वेत गंगा, शुभम पावर, भिजन लुम्बिनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । त्यस्तै, उर्जा कम्पनी, सगरमाथा जलविद्युत कम्पनी, शुभम् पावर, श्वेतगंगा हाइड्रोपावर, हिमालयन लाइफ इन्स्योरेन्स, नेशनल हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर र अरुण काबेली पावरको शेयर मूल्य करिव १० प्रतिशतले बढेको छ । 


    images
    images

    Logo