काठमाडौं । आज शेयर बजार बढेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९४.५३ अंकले बढेर २ हजार ८ सय ६० दशमलव ९१ विन्दुमा पुगेको छ ।
साताको पहिलो दिन आइतबार कारोबारमा आएका ३ सय ३० स्क्रिपको २५ अर्ब ६० करोड रुपैयाँ बराबरको ६० करोड १३ लाख कित्ता शेयर किनबेच भएको छ । यस दिनको कारोबार रकम हालसम्मकै उच्च हो। यसअघि साउन २२ गते नेप्से २३ अर्ब ७१ करोड शेयर खरिदबिक्री भएको थियो। यस दिन नेप्सेमा सो कारोबार रकमको रेकर्ड तोडिएको हो।
आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । गत साताको अन्तिम दिन अथात् विहीबार २० अर्ब ७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
आइतबार २ सय २८ कम्पनीको शेयर मुल्य बढेको छ । १३ कम्पनीको शेयर मुल्य घटेको छ भने १ कम्पनीको शेयर मुल्य स्थिर छ ।
आज सबैभन्दा धेरै हिमालयन रि–इन्स्योरन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १ अर्ब ५२ करोडको शेयर कारोबार भएको हो । शिवम् सिमेन्टको १ अर्ब १६ करोडको शेयर कारोबार भएको छ । निफ्राको ६८ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आइतबार १२ कम्पनीको शेयर मुल्य मुल्यमा सर्किट लागेको छ । यस सर्किट लाग्नेमा एनएचपीसी, नेरुडे मिर्मिरे लघुवित्त, हाइड्रोइलेक्ट्रीसीटि एण्ड इन्भेष्टमेन्ट, खानीखोला हाइड्रो, आँखुखोला जलविद्युत, अपर तामाकोशी, शुभव पावर, आत्मानिर्भर लघुवित्त, मिड सोलु हाइड्रोपावर, युनाइटेड आईडीआई मर्दी आरबी हाइड्रोपावर, सिंगटी हाइड्रो इनर्जी र रिडी पावर रहेका छन् ।



