images
images

कार्यसम्पादन मुल्यांकनमा रुपन्देही सर्वोत्कृष्ट, कस्तो छ अरु जिल्लाको अवस्था ?


  • 373
    SHARES
  • २०८१ श्रावण २३ गते बुधबार

    कार्यसम्पादन मुल्यांकनमा रुपन्देही सर्वोत्कृष्ट, कस्तो छ अरु जिल्लाको अवस्था ?

    काठमाडौं । कार्यसम्पादन मुल्यांकनका आधारमा रुपन्देही सर्वोत्कृष्ट बनेको छ । गृह मन्त्रालयका अनुसार रुपन्देहीले सबै जिल्लालाई उछिनेर  कार्यसम्पादन मुल्यांकनमा ९८ अंक ल्याएको छ ।

    कार्यसम्पादन मूल्यांकनमा ५७ वटा जिल्ला प्रशासन कार्यालयहरुले ९० भन्दा बढी अंक ल्याएका छन् । गत आर्थिक वर्ष २०८०/८१मा गरेको कामका आधारमा गरेको मूल्यांकनमा १८ वटा जिल्ला प्रशासन कार्यालयहरूले ९५ र सो भन्दा बढी अंक पाएका छन् ।

    कार्यसम्पादन मूल्यांकन सम्झौता बमोजिम मूल्यांकन गर्दा जिल्ला प्रशासन कार्यालयहरुले ७६.२५ देखि ९८ अंकसम्म पाएको मन्त्रालयले जनाएको छ । 

    गृह मन्त्रालयले कार्यसम्पादनका लागि प्रशासनिकतर्फ शान्ति सुरक्षा र अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, लागुऔषध नियन्त्रण, विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, मुआब्जा वितरण तथा विकास निर्माणमा समन्वय गरी ६ वटा र आर्थिक प्रशासनतर्फ ६८ वटा आधार तय गरेको थियो । सोही आधारमा गृहले आर्थिक वर्ष सुरु हुनुअघि ७७ वटै जिल्ला प्रशासन कार्यालयसँग कार्यसम्पादन मुल्यांकन सम्झौता गरेको थियो । 

    कार्यालयहरुमध्ये जिल्ला प्रशासन कार्यालय रुपन्देही ९८ अंक ल्याएर पहिलो स्थानमा छ भने जिल्ला प्रशासन कार्यालय सिरहा ७६.२५ अंकसहित अन्तिम स्थानमा छ ।

    रुपन्देहीसहित पाल्पा, बाग्लुङ, रुकुम पश्चिम, मकवानपुर, पर्वत, गुल्मी, तेह्रथुम र सोलुखुम्बु उत्कृष्ट १० को सूचीभित्र परेका छन् । 

     

     

     

     


    images
    images

    Logo