images
images

देशभरमा ९६ प्रतिशत रोपाइँ, सुदूरपश्चिममा सबै सकियो


  • 353
    SHARES
  • २०८१ श्रावण २२ गते मंगलबार

    देशभरमा ९६ प्रतिशत रोपाइँ, सुदूरपश्चिममा सबै सकियो

    काठमाडौं । मनसुन सक्रिय भएसँगै देशैभरका ९६.३ प्रतिशत क्षेत्रमा रोपाइँ सकिएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार आइतबारसम्ममा देशको ९६.३ प्रतिशत क्षेत्रमा रोपाइँ सकिएको हो ।

    नेपालमा करिब १४ लाख १ हजार हेक्टर खेतधान खेतीका लागि योग्य छ । त्यसमध्ये, आइतबारसम्ममा १३ लाख ४९ हजार हेक्टर खेतमा रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ । 

    सो अवधिसम्ममा सुदूरपश्चिम प्रदेशको सबै स्थानमा रोपाइँ सकिएको छ । देशको अन्नभण्डार मानिने मधेश प्रदेशमा भने हालसम्ममा ६० प्रतिशत मात्रै रोपाइँ सकिएको छ । 

    कुन प्रदेशमा कति भयो रोपाइँ ?

    आइतबारसम्ममा कोही प्रदेशमा ९०.५ प्रतिशत रोपाइँ सकिएको छ । त्यस्तै, बागमती, गण्डकी र लुम्बिनीमा क्रमशः ८०.१ प्रतिशत, ८८.६ प्रतिशत र ८६.३ प्रतिशत रोपाइँ सकिएको छ । साथै, कर्णाली प्रदेशको ९६.३ प्रतिशत क्षेत्रमा रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ । 

    ropain-data-0682024094332-1000x0.jpg



    images
    images

    Logo