images
images

तल्लो अरुणमा लगानी गर्न एसजेभीएनलाई भारत सरकारले दियो ५ करोड


  • 261
    SHARES
  • २०८१ श्रावण २१ गते सोमबार

    तल्लो अरुणमा लगानी गर्न एसजेभीएनलाई भारत सरकारले दियो ५ करोड

    काठमाडौं ।  भारत सरकारले नेपालको तल्लो अरुण जलविद्युत आयोजनामा ५ करोडभन्दा बढी भारतीय रुपैयाँ लगानी गर्न सतलज जलविद्युत निगम (एसजेभीएन) कम्पनीलाई अनुमति दिएको छ ।  भारतको केन्द्रीय मन्त्रिपरिषद बैठकले नेपालको संखुवासभा जिल्लामा निर्माण हुने ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत आयोजनामा ५ करोड ७९२ भारतीय रुपैयाँ लगानी गर्न सतलज जलविद्युत निगम (एसजेभीएन) कम्पनीलाई अनुमति दिएको हो ।

    उक्त आयोजनाको निर्माण आगामी पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ । यो आयोजना नेपालको संखुवासभाको मकालु गाउँपालिकामा निर्माण हुने छ । यसका चार युनिट हुने छन् । प्रत्येक युनिटको क्षमता १६७.२५ मेगावाट हुनेछ ।

    तल्लो अरुण जलविद्युत आयोजना ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाभन्दा तल्लो क्षेत्रमा निर्माण हुने छ । अरुण तेस्रो निर्माणको जिम्मा पनि सतलजले नै पाएको थियो ।

    २०७७ माघ १६ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको लगानी बोर्डको ४६ औं बैठकले तल्लो अरुण जलविद्युत आयोजना निर्माणको जिम्मा भारतको सतलजलाई दिने निर्णय गरेको थियो । सतलज जलविद्युत निगम (एसजेभीएन) भारतको केन्द्र सरकार र हिमाञ्चल प्रदेश सरकारको संयुक्त लगानी रहेको कम्पनी हो ।


    images
    images

    Logo