images
images

तोलामा ४२ सय रुपैयाँले बढ्यो सुनको मूल्य


  • 713
    SHARES
  • २०८१ श्रावण १८ गते शुक्रबार

    तोलामा ४२ सय रुपैयाँले बढ्यो सुनको मूल्य

    काठमाडौं । यो साता सुनको मुल्यले नयाँ रेकर्ड कायम गरेको छ । मध्यपूर्वमा बढ्दो तनाव, केही कमजोर अमेरिकी आर्थिक आँकडा र फेडरल रिजर्भको कमजोर कमजोरीका कारण सुनको मूल्य उच्च रहेको बिश्लेषकहरुले बताएका छन् ।

    नेपाली बजारमा पनि यो साता सुनको मुल्यले नयाँ रेकर्ड कायम गर्यो । साताको पहिलो दिन आइतबार प्रति तोला १ लाख ४५ हजार ७ सय रुपैयाँ रहेको सुनको मुल्य साता भरको उतार चढाव पश्चात साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार हालसम्मकै उच्च हुने गरी प्रति तोला १ लाख ४९ हजार ९ सय रुपैयाँ कायम भयो । यो मुल्य साताको पहिलो दिनको तुलनामा पछिल्लो कारोबार भएको दिन शुक्रबार प्रति तोला ४ हजार २ सय रुपैयाँ बढी हो ।

    यो साता नेपाली बजारमा चाँदीको मुल्य पनि बढेको छ । साताको पहिलो दिन आइतबार प्रति १० ग्राम १ हजार ७ सय ४० रुपैयाँ रहेको मुल्य साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम १ हजार ७ सय ९५ रुपैयाँ कायम भयो ।


    images
    images

    Logo