images
images

यूएईमा एकै वर्षमा २ सय ३१ नेपालीको मृत्यु


  • 338
    SHARES
  • २०८१ श्रावण १७ गते बिहीबार

    यूएईमा एकै वर्षमा २ सय ३१ नेपालीको मृत्यु

    काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई)मा पछिल्लो एक वर्षमा २ सय ३१ नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेहरु सबै वैदेशिक रोजगारीका सिलसिलामा त्यहाँ पुगेका हुन् ।

    यूएईस्थित नेपाली दूतावासका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा विभिन्न कारणले मृत्यु भएको हो । गएको असारमा मात्र यूएईमा ३२ नेपालीको मृत्यु भएको थियो ।

    मृत्यु भएका नेपालीका परिवारलाई क्षतिपूर्ति तथा बिमाबापत १२ करोड ५५ लाख रुपैयाँ हस्तान्तरण गरिएको दूतावासले पठाएको छ ।

    यस्तै, वैदेशिक रोजगारीका क्रममा विदेशमा रहेकामध्ये २०८०/८१ मा एक हजार ३५५ नेपालीको मृत्यु भएको थियो ।


    images
    images

    Logo