images
images

नेपालमा ‘स्टार प्लस’ सहित ४ भारतीय टेलिभिजन च्यानलको प्रशारण बन्द


  • 424
    SHARES
  • २०८१ श्रावण १७ गते बिहीबार

    नेपालमा ‘स्टार प्लस’ सहित ४ भारतीय टेलिभिजन च्यानलको प्रशारण बन्द

    काठमाडौं । नेपालमा ४ वटा भारतीय टेलिभिजन च्यानलहरुको प्रशारण रोकिएको छ । स्टार, जी, सोनी र कलर्स टेलिभिजनको प्रशारण रोकिएको हो । 

    च्यानल प्रशारक र वितरकबीचको वित्तीय समस्याका कारण हाल उक्त च्यानलहरु उपलब्ध नरहेको सेवा प्रदायकहरुले जनाएका छन् । सेवा प्रयोगबापत गर्नुपर्ने भुक्तानीका लागि नेपाल राष्ट्र बैंकले सटही सुविधा उपलब्ध नगराएकाले ती टिभी च्यानल बन्द भएकाे हाे । 

    विगतमा इन्टरनेट सेवामा पनि यस्तै समस्या उत्पन्न भएको जानकारी अहिले फेरि राष्ट्र बैंकबाट सोही समस्या उत्पन्न भएको थियाे । सेवा प्रदायकहरुले ग्राहकलाई एसएमएस पठाउँदै सेवा उपलब्ध नभएकोबारे जानकारी गराएका छन् ।

    जसमध्ये एक सुबिसुले एक सूचनामार्फत भनेका छन्, ‘च्यानल प्रसारक र वितरकबीचको वित्तीय समस्याका कारण स्टार, जी, सोनी र कलर्स च्यानलहरुक हाल उपलब्ध छैनन् । हामी यस समस्यालाई सकेसम्म छिटो समाधान गर्न निरन्तर प्रयासरत छौँ ।’


    images
    images

    Logo