images
images

नेपाली नागरिकलाई पर्यटक र व्यापार भिसा दिने कम्बोडियाको घोषणा


  • 298
    SHARES
  • २०८१ श्रावण १५ गते मंगलबार

    नेपाली नागरिकलाई पर्यटक र व्यापार भिसा दिने कम्बोडियाको घोषणा

    काठमाडौं । कम्बोडियाले नेपाली नागरिकलाई पर्यटक र व्यापार भिसा दिने घोषणा गरेको छ । नेपालमा रहेको कम्बोडियाको मानार्थ वाणिज्य दूतावासले नेपाली नागरिकका लागि भिसा दिने घोषणा गरेको हो ।

    कूटनीतिक र आर्थिक सम्बन्ध सुदृढ पार्ने उद्देश्यले यस्तो सेवा दिन लागिएको जनाइएको छ । जसबाट दुई राष्ट्र बीचको घनिष्ठ सम्बन्धलाई थप टेवा पुग्ने विश्वास गरिएको छ ।

    पानी पोखरीस्थित वाणिज्य दूतावास कार्यालयमा आयोजित कार्यक्रममा नेपालका लागि कम्बोडियाका अवैतनिक वाणिज्यदूत क्याबिनेट श्रेष्ठले यस्तो जानकारी दिएका हुन् । नेपाली नागरिकलाई भिसा दिने कार्यले दुवै देशबीचको बलियो सम्बन्धलाई सुदृढ बनाउने उनले बताए ।

     


    images
    images

    Logo