images
images

एकैपटक २२ जना सचिवको सरुवा


  • 285
    SHARES
  • २०८१ श्रावण १५ गते मंगलबार

    एकैपटक २२ जना सचिवको सरुवा

    काठमाडौं । सरकारले २२ जना सचिवको सरुवा गरेको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न मन्त्रालय, आयोग तथा निकायमा कार्यरत सचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो । 

    सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव भरतमणि सुवेदीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ल्याएर सामान्य प्रशासन सचिव मुकुन्द निरौलालाई श्रम मन्त्रालय सरुवा गरिएको छ।

    श्रमसचिव घनश्याम उपाध्यायको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सरुवा गरिएको छ। उपराष्ट्रपति कार्यालयकी सचिव राधिका अर्यालको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा भएको छ भने सञ्चारसचिव रामकृष्ण सुवेदीलाई सार्वजनिक खरिद अनुगमन कार्यालय पठाइएको छ। 

    अख्तियार सचिव रामेश्वर दंगाललाई रक्षामा सरुवा गरेर रक्षासचिव किरणराज शर्मालाई प्राकृतिक स्रोत तथा वित्त आयोगमा पठाइएकोछ । वित्त आयोगका सचिव मधुसुदन बुर्लाकोटीलाई वाणिज्य मन्त्रालय पठाइएको छ भने वाणिज्यसचिव दिनेशकुमार घिमिरेलाई अर्थ मन्त्रालयमा राजस्वसचिव बनाएर ल्याइएको छ।

    खानेपानी मन्त्रालयको सचिवमा नेपाल ट्रस्टकी सचिव प्रमिलादेवी बज्राचार्यलाई ल्याइएको छ। जल तथा ऊर्जा आयोगका सचिव केशवकुमार शर्मालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा गरिएको छ।


    images
    images

    Logo