images
images

लाइन काटिएका ६ वटा उद्योगमा पुनः जोडियो बिजुली


  • 310
    SHARES
  • २०८१ श्रावण ९ गते बुधबार

    लाइन काटिएका ६ वटा उद्योगमा पुनः जोडियो बिजुली

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुलको बक्यौता रकम नतिरेका ६ उद्योगमा काटिएको बिजुली लाइन जडान गरेको छ ।

    प्राधिकरणको सञ्चालक समितिको बैठकले मंगलबार दिउँसो ६ उद्योगमा बिजुलीको लाइन जडान गर्ने निर्णय गरेको थियो । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको सचिवालयका अनुसार मंगलबार बेलुका ८ बजेदेखि विद्युत् जडान गरिएको हो ।

    तीन महिनाभित्र उद्योगीहरूको बक्यौता भुक्तानी नभए प्राधिकरणले कारबाही अगाडि बढाउने गरी भइको सञ्चालक समिति बैठकको निर्णय र विद्युत् नियमन आयोगको निर्देशनअनुसार उद्योगहरूको विद्युत् लाइन जोड्ने निर्णय गरेको हो । 

    उद्योगहरूले विद्युत् महसुलको बक्यौता नतिरेपछि गत असार २५ गतेदेखि रिलायन्स स्पिनिङ मिल, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा स्टिल, जगदम्बा सेन्थेटिक र हुलास स्टिलको लाइन काटेको थियो ।


    images
    images

    Logo