images
images

दुर्घटनामा परेको सौर्यको विमान २१ वर्ष ४ महिना पुरानो, छैठौं किनबेचमा ल्याइएको थियो नेपाल


  • 445
    SHARES
  • २०८१ श्रावण ९ गते बुधबार

    दुर्घटनामा परेको सौर्यको विमान २१ वर्ष ४ महिना पुरानो, छैठौं किनबेचमा ल्याइएको थियो नेपाल

    काठमाडौं ।  त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट उडान भर्ने क्रममा दुर्घटनामा परेको सौर्य एअरलाइन्सको विमान २१ वर्ष ४ महिनाअघि निर्माण भएको पाइएको छ ।

    ५० सिट क्षमताको बम्बार्डियर सीआरजे २०० वाई ५० विमान छैठौं किनबेचमा नेपाल ल्याइएको थियो । प्लेन्सपोट्टर्सडटकमका क्यानेडियन विमान निर्माता कम्पनी बम्बार्डियरले यो विमान सन् २००३ अप्रिलमा तयार पारेको थियो ।

    बम्बार्डियरले सन्‌ २००३ मे मा सो विमान अमेरिकी वायुसेवा प्रदायक कम्पनी एट्लान्टिक कोस्ट एअरलाइन्सलाई बेचेको थियो ।

    एट्लान्टिक कोस्ट एअरलाइन्सले अगष्ट २००४ मा अमेरिकाकै इन्डिपेन्डेन्स एअरलाई सो विमान बेचेको थियो ।

    इन्डिपेन्डेन्स एअरबाट सन्‌ २००७ जुनमा किनेर नाइजेरियाको अरिक एअरले यो विमान सन्‌ २००८ अप्रिलसम्म उडाएको थियो ।

    अरिक एअरबाट दक्षिण अफ्रिकाको एसए एक्प्रेसले अप्रिल २००८ मा यो विमान किनेको रेकर्डमा देखिन्छ । त्यसपछि पुनः अमेरिकाको एरोलिजले सन्‌ २०१७ जनवरीमा लिएर नेपालको सौर्य एअरलाइन्सलाई २०१७ मार्चमा बेचेको थियो ।

    सौर्य एअरलाइन्सले यही एउटा विमानबाट आन्तरिक उडान भरिरहेको थियो । भएको एउटै विमान दुर्घटनामा परेपछि सो वायुसेवा प्रदायक कम्पनी अब विमानविहीन भएको छ ।


    images
    images

    Logo