images
images

बाग्मती प्रदेशमा सडक दुर्घटनाबाट एकै वर्षमा तीन सय १५ जनाको मृत्यु


  • 294
    SHARES
  • २०८१ श्रावण ८ गते मंगलबार

    बाग्मती प्रदेशमा सडक दुर्घटनाबाट एकै वर्षमा तीन सय १५ जनाको मृत्यु

    काठमाडौं । आर्थिक वर्ष २०८०/८१ मा बाग्मती प्रदेशमा भएको एक हजार पाँच सय ३६ वटा गाडी दुर्घटनामा परी तीन सय १५ जनाको ज्यान गएको छ । ती दुर्घटनामा तीन हजार एक सय ९९ जना घाइते भएका छन् ।

    उपत्यकाका तीन जिल्लाबाहेक बाग्मतीका १० वटा जिल्लामा गाडी दुर्घटना कम गर्न ट्राफिक प्रहरीले सञ्चालन गरेको विशेष अभियानका क्रममा दुई लाख २८ हजार दुई सय दुई गाडीका चालकलाई कारबाही गरी १७ करोड ७८ लाख १७ हजार रुपैयाँ राजस्व सङ्कलन गरिएको छ ।

    पूर्व–पश्चिम राजमार्गमा जडान गरिएको सीसीटीभी क्यामेरा र राडार गनबाट गाडीको गति निगरानी गरेर ट्राफिक नियम उल्लङ्घन गर्नेलाई कारबाही गरिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहन खाणले जानकारी दिए ।


    images
    images

    Logo