काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले कीर्तिपुरको क्रिकेट मैदानलाई ३०० दिनभित्र सुविधासम्पन्न रंगशाला बनाउने घोषणा गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले त्रिवि क्रिकेट मैदानमा दर्शकका लागि बस्ने लागि प्याराफिट, रात्रिकालीन खेलको लागि फ्लडलाइट निर्माण गर्ने लगायत आवश्यक संरचना बनाउने निर्णय गरेको छ ।
त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा फ्लड लाइट जोड्ने ठेक्का सिनामंगलको एमएसआईपीएल–एएससी पावर जेभीले पाएको छ ।