images
images

प्रधानमन्त्री प्रचण्डले पाएनन् विश्वासको मत


  • 361
    SHARES
  • २०८१ आषाढ २८ गते शुक्रबार

    प्रधानमन्त्री प्रचण्डले पाएनन् विश्वासको मत

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढलेको छ। प्रचण्डको पक्षमा ६३ मत मात्र परेपछि प्रचण्ड नेतृत्वको सरकार ढलेका ेहो । विपक्षमा १९४ मत परेको छ भने एक मत कसैलाई पनि दिन्न भन्नेमा परेको थियो । 

    यही असार १७ गते राति दुई ठूला दल कांग्रेस र एमालेबीच सत्ता सहकार्यको सहमति भएसँगै प्रधानमन्त्री प्रचण्ड अल्पमतमा परेका थिए। अल्पमतमा परे पनि राजीनामा नदिई सदन फेस गरेका थिए । मतदानमा २ सय ५८ सांसद उपस्थित भएका थिए । 

    विश्वासको मत नपाएसँगै प्रधानमन्त्री प्रचण्ड पदमुक्त भएका छन् भने नयाँ सरकार गठनको बाटो खुलेको छ। पाँचौं पटक विश्वासको मत लिने क्रममा संसद्को विश्वास जित्न नसकेपछि डेढ वर्षमै प्रचण्ड सरकार ढलेको हो। 

    १० पुस ०७९ मा प्रधानमन्त्री बनेका प्रचण्डले चौथो पटकसम्म निरन्तर संसद्मा विश्वासको मत पाउँदै आएका थिए। दुई ठूला दल नै मिलेपछि यसपटक भने उनी अल्पमतमा परेका हुन्। 

    प्रधानमन्त्री बनेपछि प्रभण्डले पहिलो पटक २७ पुस ०७९ मा ९७ प्रतिशत बढी अर्थात् २७५ सदस्यीय संसद्मा २६८ सांसदको मत पाएका थिए। पटक पटक सत्ता समीकरण फेर्दै पाँचौं पटकसम्म आइपुग्दा प्रचण्ड ६३ मतमा सीमित भए।

    यससँगै ९ वर्षपछि माओवादी प्रमुख प्रतिपक्षी दल बन्न पुगेको छ। नयाँ समीकरण अनुसार अव एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्नेछन्।


    images
    images

    Logo