images
images

जेठ महिनामा घट्यो मुद्रास्फीति


  • 279
    SHARES
  • २०८१ आषाढ २६ गते बुधबार

    जेठ महिनामा घट्यो मुद्रास्फीति

    काठमाडौं । चालु आर्थिक वर्षको जेठ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति (महँगी) ४.१७ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार गत वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.८३ प्रतिशत  थियो ।

    जेठमा खाद्य तथा पेय पदार्थ समूहको महँगी ५.७६ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको महँगी २.९४ प्रतिशत कायम भएको छ ।

    खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकांक सबैभन्दा बढी देखिएको छ । यो समूहको सूचकांक १६.०२ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । 

    दाल तथा गेडागुडीको ११.७६ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ७.३२ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको ६.९८ प्रतिशत र गैर–मदिराजन्य पेय पदार्थको ५.९५ प्रतिशतले बढेको छ । घ्यू तथा तेल उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकांक ५.५१ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्यांक छ ।


    images
    images

    Logo