images
images

बाढीपहिरोका कारण देशभरका २७ राजमार्ग अवरुद्ध, ४४ वटामा क्षति


  • 454
    SHARES
  • २०८१ आषाढ २३ गते आइतबार

    बाढीपहिरोका कारण देशभरका २७ राजमार्ग अवरुद्ध, ४४ वटामा क्षति

    काठमाडौं । बाढीपहिरोका कारण देशभरका २७ राजमार्ग अवरुद्ध छन् । दुई दिनदेखिको वर्षाका कारण आएको बाढी र पहिरोले ४४ राजमार्गमा क्षति पुगेको हो । 

    नेपाल प्रहरीका अनुसार बाढी र पहिरोले अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको छ। बाढी र पहिरोले क्षति पुगेका ४४ मध्ये १७ राजमार्ग एकतर्फी सञ्चालनमा आएका छन्।

    अझै पनि २७ राजमार्ग बाढी र पहिरोका कारण अवरुद्ध हुँदा सवारीसाधन र यात्रु बाटामै रोकिएका छन्। अवरुद्ध बनेकामध्ये केही राजमार्ग सञ्चालन गर्न चार-पाँच दिन नै लाग्ने प्रहरीले जनाएको छ।

    कोशी प्रदेशमा तीन वटा राजमार्ग अवरुद्ध छन्। बाढीले संखुवासभामा दक्षिण कोशी र कोशी राजमार्ग अवरुद्ध छन्। त्यस्तै, पहिरोले सुनसरीको चतरा-बराहक्षेत्रको भित्री सडक अवरुद्ध छ।

    पहिरोले बागमती प्रदेशका ६ वटा राजमार्गमा क्षति पुर्‍याएको छ। रसुवाको स्याफ्रुबेसी-थाम्बुचेत राजमार्ग खण्ड पूर्ण रूपमा अवरुद्ध छ। त्यस्तै, चितवनमा पृथ्वी राजमार्ग, मकवानपुरमा भीमफेदी-काठमाडौं-हेटौंडा, भीमफेदी-काठमाडौं र कान्ति लोकपथ तथा काभ्रेमा बीपी राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएका छन्।

    गण्डकी प्रदेशमा नौ वटा राजमार्गमा बाढी र पहिरोले क्षति पुगेको छ। बाढीले मनाङमा चामे-बेंसीशहर, पहिरोले म्याग्दीमा बेनी-दरवाङ र बेनी-जोमसोम सडक पूर्ण रूपमा अवरुद्ध छन्। त्यस्तै, स्याङ्जामा सिद्धार्थ राजमार्ग, नवलपरासी (पूर्व)मा कालीगण्डकी करिडोर बाग्लुङमा मध्यपहाडी लोकमार्ग अवरुद्ध रहेको प्रहरीले जनाएको छ।

    पर्वतमा मालढुंगा-बेनी सडक, स्याङ्जामा सिद्धार्थ राजमार्ग र तनहुँमा पृथ्वी राजमार्ग पहिरो पन्छाएपछि एकतर्फी सञ्चालनमा आएका छन्।

    यसैगरी, लुम्बिनीमा १७, कर्णालीमा तीन र सुदूरपश्चिममा पाँच वटा सडकमा बाढी र पहिरोले क्षति पुगेको छ। पहिरो पन्छाएर केही सडक सञ्चालनमा आएका छन् भने अधिकांश पूर्ण रूपमा अवरुद्ध छन्।

    flood_1.jpg

    flood_2.jpg


    images
    images

    Logo