images
images

ओलीको नेतृत्वमा नयाँ सरकार बनाउँन कांग्रेस–एमाले सहमत


  • 559
    SHARES
  • २०८१ आषाढ १८ गते मंगलबार

    ओलीको नेतृत्वमा नयाँ सरकार बनाउँन कांग्रेस–एमाले सहमत

    काठमाडौं । प्रतिनिधिसभाका दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमाले नयाँ सरकार गठनका लागि सहमत भएका छन् । दोस्रो तहका नेताहरुबीच पटक पटक भएको कुराकानीपछि शीर्ष तहमा सहमति जुटेको हो ।

    सहमति जुटाउन लागिपरेका एक नेताका अनुसार सहमति भइसकेको छ । ती नेताका अनुसार, पहिलो चरणमा  सरकारको नेतृत्व एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने भएका छन् । सहमतिअनुसार दुई दलले आलोपालो सरकारको नेतृत्व गर्ने सहमतिमा उल्लेख छ।
    सहमति अनुसार मंगलबार बिहान नेकपा एमालेका तर्फबाट मन्त्री भएकाहरुले राजीनामा दिनेछन् । राजीनामासंगै कांग्रेस र एमालेबीच भएको सहमति सार्वजनिक गरिने भएको छ । दुुई ठुला दल मिल्दा करिब दुई तिहाइको सरकार बन्ने  छ । त्यसपछि संविधान संशोधन गरेर देशलाई अघि बढाउँने सहमति बनेको बताइएको छ ।

     कांग्रेस र एमालेबीच भएको सहमतिको प्रारम्भिक खाकाअनुसार समानुपातिक प्रदेशमा हटाउने, संघमा घटाउने, स्थानीय तह घटाएर वडाको संख्या बढाउने, उपराष्ट्रपतिले नै राष्ट्रियसभाको अध्यक्षता गर्ने, निर्वाचन क्षेत्र बढाउने, संवैधानिक निकाय घटाउने र परराष्ट्र नीति बलियो बनाएर जाने विषयमा छलफल भएको छ ।
     

     


    images
    images

    Logo